आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

संकेतिक तस्विर

काठमाडौं, १६ चैत । कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना अस्थायी आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।

बुटवल धागो कारखानास्थित आइसोलेसनमा राखिएका सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको हो ।

थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएर बसेको खुल्न आएको छ ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ रिपोर्ट भने आएको छैन् । उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।