लकडाउनको अवधि आठ दिन बढाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १६ चैत । लकडाउनको अवधि आठ दिन थप भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । साे अनुसार अब २६ गतेसम्म लक डाउन रहनेछ ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्बिएको छ ।

समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

समितिले पोटेवल पीसीआर मेसिन प्रदेशहरुमा पठाउने निर्णय भएको छ ।

बढिभन्दा बढि प्रभाव र आवश्यकताको आधारमा ती मेसिनहरु पठाइने छ । जसमा प्रदेश २ मा एक थान, प्रदेश ५ मा १ थान, कर्णाली प्रदेशको सुर्खेतमा रहने गरी एक थान र सुदूरपश्चिममा एक थान पठाउने भएको छ । एक थान सुरक्षित राख्ने र त्यसलाई आवाश्यकताका आधारमा पठाउने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here