निजी शैक्षिक संस्थाले एक महिनाको शुल्क लिन नपाउने

फाइलफोटो

काठमाडौं, १६ चैत । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले निजी स्कुलहरुले एक महिनाको शुल्क छुट दिनुपर्ने जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here