कोरोना संक्रमणबाट मृत्यु हुने र नयाँ बिरामी थपिने संख्या घट्यो

काठमाडौं, १७ चैत । पछिल्लो चौबिस घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्ने र नयाँ बिरामी थपिने संख्या केही घटेको छ। शनिबारको तुलनामा आइतबार केहि संख्यामा घटेको छ । आइतबार ३ हजार ९५ जनाले ज्यान गुमाएका छन्।

विश्वमा कोरोनाका ५८ हजार २ सय ८५ नयाँ बिरामी थपिएका छन्। यो तथ्याङ्क आइतबार कोरोनाको संक्रमणबाट मर्ने र नयाँ बिरामीको हो। शनिबार विश्वभर कोरोना भाइरस कारण ३ हजार ५ सय ६ जनाको मृत्यु भएको थयो भने ६६ हजार ६ सय १ नयाँसंक्रमित थपिएका थिए।

आइतबार सबैभन्दा बढीको मृत्यु स्पेनमा भएको देखिन्छ भने बढी नयाँ बिरामी अमेरिकामा थपिएका छन्।
२४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्।

त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ। अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।

यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ। अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ।

संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन। इटलीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ।

५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। योसँगै मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ। संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ। जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here