कोरोनाले एकैदिन ३७ सयको मृत्यु, इटालीमा संक्रमित एक लाख नाघ्यो

काठमाडौं, १८ चैत । इटलीमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ।

हिजो एकै दिन ४ हजार ५० नयाँ संक्रमित भेटिएसँगै इटलीमा संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको हो। कोरोनाको बारण सोमबार एकैदिन ३७ सय १५ जनाको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८० पुगेको छ। संक्रमितको संख्या सात लाख ८४ हजार ३ सय ८१ पुगेको छ। यो सोमबार बिहान पौने ७ बजेसम्मको तथ्यांक हो।

गएको २४ घन्टामा यसको संक्रमणबाट स्पेनमा सबैभन्दा बढी ९ सय १३ जनाको मृत्यु भएको छ।

यो सँगै स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ। त्यहाँ अहिलेसम्म ८७ हजार ९ सय ५६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

इटलीमा हिजो एकै दिन ८ सय १२ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। अमेरिकामा कोरोनाको संक्रमण दर तिब्र रुपमा फैलिइरहेको।

हिजो एकै दिन झण्डै २० हजार नयाँ संक्रमित भेटिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ८१ पुगेको छ। हिजो मात्रै अमेरिकामा ५ सय ६५ जनाको मृत्यु भएको छ। स्पेनमा हिजो ९ सय १३ जनाको मृत्यु भएपछि मृतकको संख्या ७ हजार ७ सय १६ पुगेको छ। त्यहाँ झण्डै ८ हजार नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्समा हिजो ४ सय १८, जर्मनीमा १ सय ४, बेलायतमा १ सय ८०, इरानमा १ सय १७, नेदरल्याण्ड्समा ९३ र बेल्जियममा ८२ जनाको मृत्यु भएको छ।

त्यसैगरी टर्कीमा ३७, क्यानडामा २४, पोर्चुगलमा २१, ब्राजिलमा २७ र स्वीडेनमा ३६ जनाको ज्यान गएको छ। भारतमा हिजोमात्रै ५ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ३२ पुगेको छ। थप २ सय २७ नयाँ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या १२ सय ५१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here