‘कोरोना भाइरससँग जुध्न अमेरिका सक्षम छ -ट्रम्प

काठमाडौं, १८ चैत । अमेरिकामा गएको २४ घन्टामा कोरोना संक्रमणबाट पाँच सय ६५ जनाको मृत्यु भएको छ।

सोमबार एकैदिन करिब २० हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ।

त्यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म ३१ सय ४१ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको महामारी उच्च विन्दुमा पुग्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना विरुद्ध लड्न अमेरिका सक्षम रहेको दाबी गरेका छन्।

ह्वाइटहाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अहिले हामीकहाँ कम्तीमा १० कम्पनीले भेन्टिलेटर बनाइरहेका छन्, ‘हामी अन्य राज्यलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सक्ने अवस्थामा पुग्दैछौँ।’

कोरोना भाइरसका कारण अमेरिकामा दुई लाखको मृत्यु हुन सक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन्। संसारमा कोरोना संक्रमित दक्षिण कोरिया र केही दक्षिण अमेरिकी देशबाहेक धेरैजसो देशले कोरोना रोकथामको लागि भन्दै देशै लकडाउन (पुरै देश बन्द) गरिरहँदा करिब १ लाख ५० हजारको हाराहारीमा संक्रिमित पुगिसक्दा र २ हजार ५ सय माथिको मृत्यू भइसक्दा पनि अमेरिकामा भने केही सामाजिक दुरी कायम गर्ने नीति बाहेक देशव्यापी लकडाउन गरिएको छैन ।

कोरोनाको तीब्र दबाव र चौतर्फी प्रश्न उब्जिरहेको बेला शनिबार राष्ट्रपति ट्रम्पले न्यूर्योक, न्यूजर्सी र कनेक्टिकट तीन राज्यलाई नै क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भइरहेको भन्दै एउटा ट्विट गरे ।

उक्त ट्विट आएको केही समयमै न्यूयोर्कका गभर्नर एन्ड्रू क्योमोले कडा प्रतिवाद गर्दै युद्धको बेला जस्तो व्यवहार नगर्न ट्रम्पलाई चेतावनी दिए ।

केही महिना अगाडि चीनको वुहान शहर कोरोना भाइरसको कारण बन्द हुँदा नागरिक अधिकार हनन् गरेको भन्नेमा अमेरिका पनि अगाडि थियो । सामान्यतया नागरिक स्वतन्त्रताको विषयमा वकालत गर्नेमा अग्रपंतीमा अमेरिका देखिन्छ ।

व्यक्तिगत स्वतन्त्रताको हिसाबमा अमेरिका मजबुत राष्ट्र भएको कारण यहाँ नागरिकलाई अन्य देशको जस्तो कठोर परिबन्दमा पार्न संभवत अमेरिका चाहँदैन वा अहिलेनै त्यो अवस्था आइनसकेको ह्वाइट हाउसको विश्लेषण हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here