अति आवश्यकलाई घुम्ती सेवामार्फत ग्यास वितरण, क-कसले पाउँछन् ?

काठमाडौं, १८ चैत । नेपाल आयल निगमले घुम्ती सेवामार्फत ग्यास वितरण गर्ने भएको छ ।

निगमले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई मंगलबारदेखि टेकु कार्यालयबाट ग्यास वितरणको शुरुवात गरेको हो ।

विभिन्‍न स्थानबाट लकडाउनको समयमा ग्यास नपाएको गुनासो आएपछि टेकुबाट वितरणको सुरु गरिएको निगमले जनाएको छ।

निगमले अस्पताल, वृद्धाश्रम, बिरामी/असहाय, अनाथालय, फरक क्षमता भएकालाई ग्यास वितरण शुरु गरेको छ ।

त्यस्तै किरिया (आशौच) बसेको घर, बालाश्रम÷बालगृह, पुनर्उत्थान केन्द्र/सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय/संस्था वा व्यक्ति, सरकारले तोकेको क्यारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने छ ।

ग्यास नभएको गुनासो राख्न निमगले ५ वटा सम्पर्क नम्बर तोकेको छ। जसमा कार्यालयको सम्पर्क नम्बर ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ मा गुनासो राख्‍न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here