खुद्रा बजारमा तरकारीको मूल्य कालीमाटीको भन्दा दोब्बर

काठमाडौं, १८ चैत । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेपछि राजधानी बाहिरका अधिकांस मानिस बाहिरिएका छन् । केहि मानिसहरू घरघरमा बसिरहेका छन् । बजारहरु बन्द नै रहेको छ ।

अत्यावश्यक पसल केहि मात्रामा खुलेका छन् भने तरकारी, दुधडेरीहरु खुल्ला नै रहेको छ ।

काठमाडौं उपत्यकाका लागि तरकारी ढुवानी तथा खरिदबिक्री गर्ने मुख्य थलो कालीमाटी बजारमा पनि त्यति चहल पहल देखिन्न । दिउँसो कालीमाटीमा उपभोग्य सामग्री ओसार्ने सवारीबाहेक अरूलाई आवगमन बन्द छ ।

उपत्यकाका धेरैजसो खुद्रा व्यापारीले कालीमाटी बजारबाटै तरकारी लिने र उपभोक्तालाई बेच्ने गर्ने गर्छन् ।

व्यापारीहरू अहिले कोरोना भाइरसको संक्रमणका कारण तरकारी खरिद गर्न कालीमाटी पुग्न नसकेको बताउँछन् ।

कालीमाटी बजारमा तरकारी भाउ थोरै मात्र बढेको देखिएपनि खुद्रा व्यापारीले कालीमाटी बजारको तुलनामा दोब्बरसम्म भाउ बढाएर बेच्ने गरेका छन् ।

खुद्रा व्यापारीले कालीमाटीबाट प्रतिकेजी ७० रुपैयाँमा किनेको गोलभेंडा उपभोक्ताले १५० रुपैयाँसम्ममा किन्नु परेको छ । खुद्रा पसलमा काउली, प्याज, बोडी, सिमी लगायतका तरकारीको मूल्य अत्यधिक बढेको छ ।

हरियो खुर्सानीको मूल्य दोब्बरले बढेको छ ।

मंगलबार कालीमाटी बजारमा गोलभेंडा प्रतिकेजी खुद्रमुल्य ७० रुपैयाँ, रातो आलु प्रतिकेजी ६०, सुकेको प्याज प्रतिकेजी ८०, लसुन प्रतिकेजी ४००, बन्दा प्रतिकेजी ५०, काउली प्रतिकेजी ७०, मटरकोसा प्रतिकेजी ८०, टाटे सिमी ६०, तिते करेला २१०, घिरौला ९० रुपैयाँ रहेको छ ।

रायो, चमसुर, पालुंगो, मेथीको साग ४० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here