कोरोनाको संक्रमितको उपचारमा निजी अस्पताल पन्छिन नमिल्ने सर्वोच्चको आदेश

काठमाडौं, १८ चैत । सर्वोच्च अदालतले निजी अस्पताललाई पनि कोरोना संक्रमित बिरामीको उपचार गर्न आदेश दिएको छ ।

सर्वोच्चले निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमित बिरामीलाई उपचारबाट वञ्चित गर्ने अधिकार नभएको भन्दै तत्काल खोलेर सञ्चालन गर्न भनेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आम मानिसलाई महामारीबाट जोगाउनका लागि स्वास्थोपचार उपलब्ध गराउने जिम्मेवारी निजी अस्पतालको पनि रहेको भन्दै उपचार गर्नबाट पन्छिन नमिल्ने आदेश दिएको हो ।

अधिवक्ता पुष्पराज पौडलले निजी अस्पतालमा पनि कोरोनाको उपचार हुनुपर्ने, हाल कायम रहेको अवस्था समेट्न अलग्गै विशेष विधेयक ल्याउनु पर्ने माग गर्दै सर्वोच्चमा सार्वजनिक सरोकारको रिट दायर गरेका थिए।

अदालतले निजी स्वास्थ्य संस्थामा उपलब्ध भए सम्मको शैय्या, आईसियु कक्ष, भ्यान्टिलेटर लगायत कोरोना भाईरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

आदेशमा निजी अस्पतालले उपचार गर्न अस्वीकार गर्नुको कारण १५ दिनभित्र पेश गर्न पनि भनिएको छ । अदालतले स्वास्थ्य सेवा, औषधि उत्पादन र दैनिक उपभोग्य बस्तुको उत्पादन र वितरणमा सग्लनका लागि ब्यक्तिगत सुरक्षा सामाग्रीको यथोचित ब्यवस्था गर्न पनि आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here