ग्यास अभाव छ ? काठमाडौंको यी ६ स्थानबाट पाइन्छ नेपाल ग्यास

काठमाडौं, १९ चैत । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गर्न लागेको हो ।

उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको हो । कम्पनीले बालाजु औद्योगिक क्षेत्रको गेटबाट पनि बिहान ९:३० देखि १:३० सम्म ग्यास वितरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here