घुम्ती पसलमार्फत् छुटमा सामान बेच्दै साल्ट ट्रेडिङ

काठमाडौं, १९ चैत । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका १३ स्थानबाट खाद्य सामग्री बिक्री गर्ने भएको छ।

लकडाउनको समयमा उपभोक्ताहरूले दैनिक उपभोग्य सामान सहज रूपमा पाउन नसकिरहेको बेला साल्ट ट्रेडिङले मोबाइल भ्यानामार्फत् टोल टोलमा खाद्यान्न बिक्री गर्न लागेको हो ।

कर्पोरेसनले मोबाइल भ्यानमार्फत नुन, चामल, चिनी, मैदा र आटा बिक्री गर्नेछ । बुधबार राजधानीको सामाखुसी चोक, गोंगबु, टोखा, झोर, नयाँ बजार, बालाजु, चक्रपथ, कुपन्डोल, सानेपा, सिनामंगल, पाटनलगायत क्षेत्रमा भ्यान पुग्ने बताइएको छ ।

त्यस्तै, बालाजु, रिंगरोड, कुपण्डोल, सानेपा, गसिंगाल र पाटनबाट पनि बिक्रीको व्यवस्था मिलाइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा बिक्री गर्ने खाद्यान्‍नमा सरकारको निर्णयबमोजिम १० प्रतिशत छुट दिइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here