कोरोनाबाट ४७ हजार बढीको मृत्यु, ९ लाख ३५ हजार संक्रमित

काठमाडौं, २० चैत । कोरोना भाइरसबाट एकैदिन ५ हजार भन्दा बढिको मृत्यु भएको छ । विश्वमा ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९४ पुगेको छ। संक्रमितको संख्या ९ लाख ३५ हजार ४ सय ३१ पुगेको छ।

विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएका छन्। एजेन्सीहरुका अनुसार अमेरिकामा विगत २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ। त्यहाँ २६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ भने संक्रमितको संख्या २ लाख १४ हजार पुगेको छ।

विशवभरबाट संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ९९ जना उपचारपछि निको भइ घर फर्केका छन्। हालः विश्वका विभिन्न देशका अस्पताल तथा घरमै बसेर ६ लाख ९४ हजार २ सय ३८ कोरोनाका संक्रमित उपचारत छन्। यीमध्ये ३५ हजार ४ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ६ लाख ५८ हजार ७ सय ६० जनाको अवस्था सामान्य रहेको छ।

फ्रान्समा हिजो एकै दिन ५ सयको मृत्यु भएको छ। बेलायतमा साढे ५ सय जनाको मृत्यु भएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ३० हजार भन्दा बढी पुगेको छ। जसमध्ये झण्डै २ लाख मानिस उपचारपछि निको भएका छन् भने मृत्यु हुनेको संख्या झण्डै ४७ हजार पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here