जीबन बीमाको प्रिमियम तिर्ने म्याद बैशाखसम्म, अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं २०, चैत । जीबन बीमाको प्रिमियम तिर्न ग्राहकले ०७७ वैशाखसम्मको म्याद पाएका छन् । बीमा समितिले बिहीबार सो व्यवस्था कार्यान्वयनका लागि कम्पनीहरुलाई निर्देशन दिएको छ । सरकारले कोभिड–१९का प्रभावितहरुलाई छुट दिन क्रममा उक्त निर्णय पछि समितिले पनि यो निर्देशन दिएको हो ।
कम्पनीहरुले ग्राहकसहँग थपिएको अवधिको ब्याज लिन पाउने छैनन ।

बीमा अभिकर्ता र सर्भेयरले इजाजतपत्र (लाइसेन्स) नविकरणका लागि ०७७ वैशाखसम्म म्याद पाएका छन् । सो अवधिमा लाइसेन्स नविकरणकालागि थप शुल्क पनि तिर्न नपर्ने व्यवस्था समितिले गरेको छ ।

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट पनि विमालेख नविकरण गर्ने व्यवस्था मिलाउनु पर्ने निर्देशन समितिले दिएको छ । कोरोना भाइरसकका कारण सृजना भएको असामान्य परिस्थितिमा अवधि समाप्त

वैदेशिक रोजगारीमा जाने नेपालीलाई अनलाइन प्रणालीबाट पनि सुविधा दिन समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here