कोरोना नियन्त्रण कोषमा सहयोगको ओइरो, एकै दिन ८४ करोड जुट्यो

काठमाडौं, २१ चैत । कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा सहयोगको ओइरो लागेको छ ।

सरकारले बनाएको ५० करोड रुपैयाँको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा बिहीबार साँझ सम्ममा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ। राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।

अहिलेसम्म सबैभन्दा धेरै सरकारी स्वामित्वको नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ भने दोस्रो धरै निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

व्यावसायिक घराना लक्ष्मी ग्रुप, बिशाल ग्रुपले १ १ करोड रुपैयाँ सहयोग गरिसकेका छन् भने निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैयाँ नगद र ६० लाखभन्दा बढीको मेडिकल इक्विपमेन्ट लगायत सहयोगको घोषणा गरिसकेको छ ।

त्यस्तै कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन–तीन करोड रुपैयाँ जम्मा गरेका छन।

त्यस्तै नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख जम्मा गरेको छ भने नागरिक लगानीकोषको तर्फबाट २ करोड रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कोषमा नेपाल पुनर्वीमा कम्पनीले एक करोड १ लाख ११ हजार दिएको छ । एनएमबी बैंकले १ करोड, ५१ लाख, प्रभु बैंकले १ करोड एक लाख, नेपाल ईन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ जम्मा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here