कालिमाटी तरकारी बजारमा खुद्रा बेच्न नपाइने

काठमाडौं, २१ चैत । कालिमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा तथा किसानको पसल बन्द गरिने भएको छ।

तरकारी खरिदका लागि मानिसको भिड अत्यधिक भएपछि व्यवसायीहरुसँगको सहमतिमै खुद्रा बेच्न बन्द गर्न लागिएको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

‘थोरै थोरै सामान लिन पनि धेरै मान्छ आउन थाले त्यही भएर हामीले खुद्रा पसल बन्द गर्ने निर्णय गरेका हौं, श्रेष्ठले भने।

शनिबारबाट खुद्रा पसल बन्द गरिने र बजारभित्र दुईपांग्रे सवारीसाधन प्रवेश गराउन पाइनेछैन भने खुद्रा ग्राहक बजारमा किनमेल गर्न पाउने छैनन् ।

लकडाउनका कारण चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको थियो ।

अब बजारमा थोक खरिद गरी कृषि उपज लिन आउने चारपांग्रे ढुवानी साधनलाई मात्र प्रवेश पाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here