फेसबुक एपमा बिताउने समय ७० प्रतिशतले वृद्धि

काठमाडौं, २२ चैत । कोरोना प्रकोपले विश्वभर विभिन्न देशहरु लकडाउनमा रहेका बेला आफन्त र साथीहरुसँग सम्पर्कमा रहने सबैभन्दा सजिलो माध्यम बनेको फेसबुक ।

लकडाउनले बाहिरी हिडडुल गर्न नपाईने भएपछि अधिकांसको साथी फेसबुकको एप बनेको छ । यसले गर्दापनि प्रयोगकर्ताहरुको सङ्ख्या ठूलो स्तरमा वृद्धि भएको एक रिपोर्ट जनाएको छ ।

कोहीसँग भेट नहुनु, घरै बसेर कोही कार्यालयका काम गर्ने वातावरणले पनि फेसबुकका एपमा बिताउने समय ७० प्रतिशतले वृद्धि भएको हो । बिबिसीको एक रिपोर्टअनुसार लकडाउन भएका देशमा फेसबुक र यो मातहतका अन्य एपमा प्रयोगकर्ता झुम्मिने गरेका छन् ।

अन्य सामाजिक संजाल इन्स्टाग्राम र वाट्सएप पनि फेसबुक कम्पनीकै हुन् ।

दिनुहँ आफूहरुले प्रयोगकर्ताको सङ्ख्या र तिनले यसमा बिताउने समय ठूलो स्तरमा बढिरहेको पहिलोपटक अनुभव भइरहेको पनि फेसबुकले जनाएको छ ।

टाइमलाइनमा ब्युँताउने, अर्थात पुराना फोटामा रियाक्ट र कमेन्ट गर्ने युवामाझ यो अझै लोकप्रिय बनेको छ। फेसबुमा ग्रुप कल गर्नेको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here