विदेशमा रहेका नेपाली श्रमिकको अवस्था बुझ्दै प्रधानमन्त्री, सरकार प्रमुखसँग संवाद

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली श्रमिक अवस्था बुझ्न सरकार प्रमुखसँग संवाद थालेका छन् ।

कोभिड १९ को माहामारी भैरहेको अवस्थामा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको देशका सरकार प्रमुखसँग संवाद सुरु गरेका हुन् । शनिवार बहराइनमा रहेका नेपाली श्रमिकको अवस्थाबारे त्यहाँका प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेका छन् ।

कोरोनाको संक्रमण फैलिएसँगै बहराइनमा रहेका नेपालीको अवस्था बारे बहराइनका प्रधानमन्त्री राजकुमार खलीफा बिन सलमान अल खलीफालाई सम्पर्क गरि त्यहाँको बारे जानकारी लिएका हुन् ।

बहाराइनका प्रधानमन्त्रीसँग फोनमा संवाद गरेको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिँदै यसैगरि अन्य मुलुकका सरकार प्रमुखहरुसँग पनि संवाद जारी राख्ने छु जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here