माहाकालीका विपन्न परिवारलाई राहत

पप्पु गुरुङ्ग, दोधारा, २२ चैत । लकडाउनका कारण समस्यामा परेका मजदूर तथा विपन्न परिवारलाई माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारका छोरी–ज्वाईले सहयोग गरेका छन् ।

माहाकाली नगरपालिकाका दशै वडामा बसोबास गर्ने १ सय भन्दा बढी विपन्न परिवारलाई व्यक्तिगतरुपमा खाद्यान्न बितरण गरेका हुन् ।

माहाकाली नगरपालिकाका वडा अध्यक्षको सिफारिस गरिएको १ सय भन्दा बढी घरपरिवारलाई चामल ५ केजी, आधा केजी दाल र २ प्याकेट चाउचाउको दरले बितरण गरिएको छ ।

माहाकाली नगरपालिका कार्यालय संग समन्वयमा गरि दिनभर ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न समस्या भएकाहरुलाई छनौट गरि खाद्यान्न बितरण नगर प्रमुख सुनारले बताए । कारोनाको संक्रमण बढेर लकडाउनको समस्या आए संगै विपन्न परिवारका लागी सहयोगी हातहरु पनि अगाडि बढ्न थालेका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं। १ का वडा अध्यक्ष दिल बहादुर सिजालीले मेयरका छोरी–ज्वाईले लकडाउनले अतिबिपन्न परिवारजनमा पर्न गएको असरलाई देखेर सहयोगको हात अघि बढाउएको बताए ।

‘मेयरका छोरी–ज्वाईले उदार मन गरेर असाहयहरुलाई सहयोग गर्नुभएको हो’ माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए । माहाकाली नगरपालिका कार्यालय संग समन्वय गरि उक्त राहत बितरण गरिएको नगर प्रबक्ता सिजालीको भनाई रहेको छ् ।

दिनभरी ज्याला मजुरी गरि खान पुग्ने असाहयहरुको लागी राहत बितरण गरिएकोमा स्थानियबासी खुशी भई माहाकाली नगरपालिकाका नगर प्रमुख तथा परिवारजनलाई धन्यबाद दिएका छन् ।

लकडाउनले काम काज ठप्प भएको बताउदै माहाकाली नगरपालिका वडा नं। १ का हिरा देबी चलाउनेले मेयरका परिवारजनलाई आर्शिवाद दिदै दुखको बेला माहाकाली नगरपालिकाका नगर प्रमुखका छोरी–ज्वाईले बिहान बेलुका छाक टार्न धौं–धौं भएको बेला सहयोग गर्नु भएको भन्दै धन्यबाद समेत दिएका छन् ।

‘हंगकङ्गमा लामो समय देखि बस्दै आउनुभएको माहाकाली नगरपालिकाका नगर प्रमुखका छोरी ज्वाईले विपतको यो घडीमा विपन्न परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी खाद्यान्न सहयोग गरेको बताए ।

यस्तै खाद्यन्न लिन आउनुभएका सिता जोशी नगर प्रमुखको परिवारजन निकै दयालु स्वभावका रहेको बताउदै आफुहरुको घरमा चुल्हा नजल्ने अवस्थामा सहयोग गर्नुभएको भन्दै दाता प्रति खुशी ब्यक्त गरिन् । यसले आफूहरुलाई ठूलो राहत मिलेको भन्दै राहत प्राप्त विपन्न परिवारले सहयोगी माहाकाली नगरपालिकाका नगर प्रमुखका छोरी ज्वाई तथा परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here