कोरोना भाइरसका लागि तयार गरिएको खोपको परीक्षण सफलता मिलेको चीनको दावी

काठमाडौं, २३ चैत । चीनले वुहानमा गरेको कोरोना भाइरसको सम्भावित खोप परीक्षणमा सफलता मिलेको दावी गरेको छ ।

डेली मेल सञ्चार संस्थाले जनाए अनुसार कोरोना भाइरसका लागि तयार गरिएको खोप लगाएका व्यक्तिहरु सुरक्षित रहेको चीनले दावी गरेको हो ।

उक्त खोप चीनको औषधि निर्माता कम्पनी क्यानसिनो बायोलोजिक्सले निर्माण गरेको जनाएको छ।

कोभिड–१९ को उत्पत्तिस्थल वुहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक फिर्ता भएका हुन् यद्यपि उनीहरुलाई अरु ६ महिना निगरानीमा राखिने बताइएको छ ।

चीनमा बनाइएको भ्याक्सिन क्वारेन्टाइनमा रहेका एक सय ८ जनालाई लगाइएको थियो । खोप लगाएका एक सय ८ जनामध्ये १८ जना १४ दिनको क्वारेन्टाइन बसाइपछि पनि स्वस्थ रहेका छन् ।

चीनको वुहानमा गरिएको कोरोना विरुद्धको खोपको पहिलो परीक्षणमा भाग लिएका १ सय ८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
खोप परीक्षण गरिएका सबै स्वयंसेवकहरुलाई ६ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिजलाई सूक्ष्म रुपमा अनुसन्धान गरिनेछ ।

यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here