फास्ट ट्र्याकको वित्तीय प्रगति ९ प्रतिशतमात्र, सडक खण्डको माटो पुर्ने काम सकियो

काठमाडौं, २३ चैत । काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को सडक खण्डको माटो काट्ने पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ । आयोजनाको कुल वजेट रु. १ खर्ब ७५ अर्ब रहेकोमा हाल सम्ममा ९.१० प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को हाल सम्म पुल र टनेल वाहेक ५५.५ किमि सडक खण्डमध्ये ३२ किमिको कार्य पहाडी भुभागमा २५ मिटर र तराई भुमागमा २७ मिटर हूने गरी शत प्रतिशत सम्पन्न भएको, १०.२ किमिको कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भएको, १.९ किमिको कार्य ५० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ भने ११.४ किमिको निर्माण कार्य बाँकी रहेको छ ।

त्यसैगरी, द्रुतमार्गको बाँकी ११.४० किमिमध्ये सुरुङ्ग मार्गमा पर्ने १.५ किमि टनेल प्याकेजिङ्गको समयमा निर्माण कार्य शूरु हूनेछ भने २.१ किमि तटबन्ध कार्यको डिजाईन भईरहेको छ । त्यस्तै ३.३ किमि खण्डमा नेपाली सेनाद्वारा निर्माण कार्य सुरु गरिएको छ भने ४.५ किमि सडकको निर्माण कार्य बाँकी रहेको छ ।

हालसम्म कटिङ्गतर्फ ७१ प्रतिशत, फिलिङ्गतर्फ ४६ प्रतिशत, पर्खाल लगाउनेतर्फ ४१ प्रतिशत, पाइप कल्भर्टतर्फ ३० प्रतिशत, बक्स कल्भर्ट तर्फ ३ प्रतिशत, गेबिन वालतर्फ ४ प्रतिशत, रुख कटान तर्फ ९३ प्रतिशत तथा जग्गा तर्फ ९७ प्रतिशत प्रगति भएको सेनाको भनाइ छ ।

काठमाडौं(तराईरमधेश द्रुतमार्ग सडक खण्डको कुल लम्वाई ७२.५ किमिमध्ये सुरुङ्ग मार्ग ६.४१ किमि, विभिन्न पुलहरु १०.५९ किमि र ढुङ्गा माटो काटने र पुर्ने सडक खण्ड ५५.५ किमि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here