राजधानीका ११ स्थानमा अस्थायी तरकारी बजार, खुद्रा र थोक दुवै कारोबार

काठमाडौं, २४ चैत । कालीमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा किन्नको लागि रोक लगाएपछि काठमाडौं महानगरपालिकाले ११ स्थानमा अस्थायी फलफूल तथा तरकारी बजार राख्ने भएको छ।

उपभोक्तालाई सहज पार्न भन्दै काठमाडौं महानगरपालिकाले ११ स्थानका चोकमा तरकारी बजार मंगलबारदेखि सञ्चालन गर्न लागेको हो ।

कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै तरकारी किन्न रोक लगाएपछि खुद्रा व्यापारीहरु बल्खु पुग्नु पर्ने बाध्यता रहेको थियो ।

अब कलंकी, बाफल, स्वयम्भु, वनस्थली, गोंगबु, बसुन्धारा, गोपीकृष्ण हल, तिनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वरमा अस्थायी तरकारी बजार सञ्चालनमा आउने छ ।

महानगरले बनाउन लागेको अस्थायी बजारमा खुद्रा र थोक दुवै थरी कारोबार हुने जनाइएको छ।

बजार क्षेत्रभित्र अत्यधिक भिडभाड बढेकै कारण कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गत शनिबारदेखि लकडाउन अवधिभर खुद्रा बजार बन्द गर्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here