भारतमा कोरोना संक्रमण तीव्र गतिमा, एकै दिन थप २७ जनाको मृत्यु

काठमाडौं, २५ चैत । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ७४ पुगेको छ।

भारतमा कोरोना संक्रमणबाट १ सय ३६ जनाको ज्यान गइसकेको छ। सोमबार १ सय ९ जनाको मृत्य भएको भारतमा एकै दिनमा थप २७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण फैलनबाट रोक्न भारतमा लकडाउन जारी छ।

त्यस्तै सोमबार ४ सय ८९ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ७७८ पुगेको छ।

भारतमा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन्। हालसम्म महाराष्ट्रमा ५२, तेलंगनामा १२, मध्यप्रदेशमा १८, गुजरातमा १२ जनाको मृत्यु भएको छ।

त्यस्तै दिल्ली, पश्चिम बंगाल, राजस्थान, कर्नाटक, पंजवाब, तमिलनाडु, हिमाञ्जल, जम्मु काश्मीर, उत्तर प्रदेश, केरल, विहार, हरियाणा, चंदीगढ र आन्ध्र प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। संक्रमितहरुमा २६ जना नर्स छन् भने तीन जना डक्टर पनि कोरोना संक्रमणमा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here