कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं, २५ चैत । सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।

मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले कोरोना भाइरस संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण चैत ६ गतेबाट हुने एसईई पनि रोकिएको थियो ।

बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो।कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here