कोरोना भाइरससँग लड्न विश्वबैकद्धारा ३ अर्ब ४८ करोड सहयोग

काठमाडौं, २५ चैत । विश्व बैंकले कोरोना भाइरससँग लड्न नेपाल सरकार आर्थिक सहयोग गर्ने भएको छ ।

विश्व बैंकले नेपाललाई २ करोड २९ लाख करोड डलर अर्थात करिब ३ अर्ब ४८ करोड सहयोग गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा आज नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ ।

सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ–सचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हाजाडले हस्ताक्षर गरे ।

विश्व बैंकले मार्च १७ मा पारित गरेको फास्ट–ट्रयाक फेसिलिटी (एफटीएफ) उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार नेपाललाई करिब ३ अर्ब ४८ करोड बराबर रुपैयाँ आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।

कोरोनासँग लड्न विश्व बैंकले नेपालसहित आफ्ना सदस्य मुलुकलाई आर्थिक सहयोग दिने घोषणा यसअघि नै गरे पनि नेपाल सरकारसँग सम्झौता नहुँदा दक्षिण एसियाका नेपाल र भुटानबाहेक अरु देशलाई आर्थिक सहायता उपलब्ध गराइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here