‘नयाँ संक्रमित छैनन्, कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न’

काठमाडौं, २५ चैत । नेपालमा मंगलबार थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्।

कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी दिए ।

हाल सेती प्रादेशिक अस्पतालमा ४ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना र बाग्लुङ अस्पतालमा २ जनाले कोरोना भाइरसको उपचार गराइरहेका छन्।

डा देवकोटाले संक्रमितको सम्पर्कमा आएका कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको पनि जानकारी दिए ।

उनका अनुसार काठमाडौँमा १६ जना र काठमाडौँबाहिर ८४ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै, क्वारेन्टाइनमा ९ हजार २२८ जना रहेको उनको भनाइ छ । रेड जोनमा आज १७ जना थपिएको र यो कूल १७२ जना रहेको उनले बताए ।

कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापीड डायागोनिस्टिक टेस्टमार्फत परीक्षण शुरु गरिएको पनि देवकोटाले जानकारी दिए ।

मन्त्रालयले सार्वजनिक गरेको १११५ र ११३३ कल सेन्टरमा २४ घण्टामा तीन हजार ५०५ जनाको गुनासो सम्बोधन गरिएको उनले जानकारी दिए । उनले आठै जनाको कोरोना संक्रमितहरु नजिक रहेका र परिवारका सदस्यहरुको ९० प्रतिशत गरिसकेको बताए ।

पिसिआर मेसिनबाट र र्यापिट टेष्ट किटबाट परिक्षण गर्न स्वाब नमुना परिक्षण गर्न कैलालीमा १८ र कञ्चनपुरमा २१ वटा नमुना संकलन भएको छ । जुम्ला र अछाममा पनि नमुना संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले ति जिल्लाबाट ४ सय ५० नमुना संकलन गर्ने लक्ष्य रहेको बताए । काठमाडौ बाहिरका ९ जिल्लामा कोरोना भाइरसको परिक्षण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here