प्रभु टिभीको सबै च्यानल १ महिनासम्म सित्तैमा

काठमाडौं, २६ चैत । प्रभु टिभीले मोबाइल एपमा सित्तैमा टिभी हेर्न पाइने अफर ल्याएको छ ।

लकडाउनका बेला मनोरञ्जन तथा नयाँ सूचनाको जानकारी दिने उद्देश्यले एनसेलसँगको साझेदारीमा प्रभुले यस्तो अफर ल्याएको हो । एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको सबै च्यानलहरु मोबाइलमा नै हेर्न सक्नेछन् ।

एनसेलका प्रयोगकर्ताले प्रभु टिभीको मोबाइल वालेटमा गई प्रभु टिभी ओटीटी एप डाउनलोड गर्नु पर्नेछ । सो एपमा नेपाली च्यानलहरु सहित विश्वभरका १ ५० वटा च्यानलहरु एचडी क्वालिटीमा हेर्न सकिने प्रभु टिभीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here