ग्यास अभाव हट्यो, आइतबारदेखि भरी सिलिण्डर बिक्री गरिने

काठमाडौं, २६ चैत । नेपाल आयल निगमले अब भरी सिलिण्डर ग्यास नै बेच्ने निर्णय गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबारबाट भरी १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको गरेको हो ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको विज्ञप्तीमा उल्लेख छ ।

बजारमा ग्यासको अभाव सिर्जना भएको भन्दै आयल निगमले चैत १६ गते आइतबार दिउसो १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो।

आधा सिलिण्डर ग्यासको बिक्री हुन थालेपछि ग्यासको खपत कम भएको ग्यास बिक्रेताहरुले बताउँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here