ठूलो संख्यामा नेपाली कामदार रहेका बहराइनमा २२ नेपालीलाई कोरोना संक्रमण

काठमाडौं, २७ चैत । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ ।

बहराइनस्थित नेपाली दूतावास र बहराइनको स्वास्थ्य मन्त्रालयले हालसम्म त्यहाँ रहेका २२ जना नेपालीलाई कोरोनाको संत्रमण भएको पुष्टि गरेको हो।

‘बहराइनमा संक्रमित हुनेमा पछिल्लो पटक थप १० जनासहित नेपाली नागरिकको संख्या २२ पुगेको छ,’ बहराइनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बहराइनमा ३५ हजारभन्दा बढी नेपाली कार्यरत छन्।

बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको राजदूतावासले जानकारी दिएको छ ।

बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित नेपालीको उमेर २४, ४१, ४८, ४२, ३०, ३८, ३४, ३१, २२, ४९, ३३, ५५, ४०, ३४, २७, ४५, २३, ३३, ४६ वर्ष रहेको छ। बहराइनमा हालसम्म जति पनि नेपालीमा कोरोनाको संक्रमण देखिएको छ, ती सबै एउटै क्याम्प रहँदै आएका थिए।

यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

सोही क्याम्पबाट १० जना नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको दूतावासले उल्लेख गरेको छ ।

दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमणको परिक्षण गरिएको थियो ।

जसमध्ये २२ जना नेपालीमा पुष्टी भएको छ । बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ रहेको छ । यहाँ अहिलेसम्म ५ जनाको ज्यान गएको छ ।

संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर रहेको दुतावासले उल्लेख गरेको छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here