कोरोना रोकथाम तथा उपचार कोष २ अर्ब नजिक, बुधबार मात्रै पौने ३ करोड

काठमाडौं, २७ चैत । कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ अर्ब ८८ करोड जम्मा भएको छ ।

संघीय सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म सो रकम जम्मा भएको हो । बुधबार मात्र रु. २ करोड ७१ लाख रुपैयाँ संकलन भएको थियो ।

बुधबार ठूलो रकम जम्मा गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र अर्थ मन्त्रालय छन् । उनीहरुले क्रमशः रु. २४ लाख ३० हजार र रु. ११ लाख ९ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय समाचार समितिले रु. ५ लाख ८३ हजार, जल तथा मौसम विभागले रु. ४ लाख ३३ हजार, नारायणी अस्पताल वीरगञ्जले रु. ४ लाख ३१ ह्जार र रक्षा मन्त्रालयले रु. २ लाख ६७ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खातामा जम्मा गरेका छन् ।

बुधबार रकम जम्मा गर्नेमा न्याय परिषद सचिवालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेचासल्यान गाउँपालिका, कोशी वचत तथा ऋण सहकारी संस्था र संसद महेश बस्नेतलगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here