यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटमा दियो स्वास्थ्य सामग्री

नुवाकोट । यशोदादेवी भगबानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटमा कोरोनाबाट सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा ट्रस्टका अध्यक्ष नेपाल चिकित्सा संघका पूर्वअध्यक्ष एवं प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी र नुवाकोट नेपाली कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

ट्रष्टले ८८ वटा पीपीई, ६ सय थान ग्लोब, ५ हजार पिस सर्जिकल मास्क र एक हजार दुईसय थान स्यानिटाइजर उपलब्ध गराएको हो ।

जिल्लाका सबै अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकी, सबै गाउँपालिका र २ नगरपालिकालाई ४ सयका दरले मास्स र प्रत्येक स्वास्थ चौकीमा कम्तीमा एक एक वटा पुग्ने गरी पीपीई र अन्य सामग्री उपलब्ध गराइएको अध्यक्ष केसीले जानकारी दिए ।

ट्रष्टले कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा रहेर काम गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल पत्रकार महासंघ मार्फत पत्रकारहरु र नेपाल ट्रेड युनियन कांग्रेसमार्फत मजदुरहरूलाई पनि मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ ।

ट्रष्टले बुधबार जिल्ला समन्वय समिति प्रमुख सन्तमान तमाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर पी. घिमिरे र त्रिशुली अस्पतालका प्रमुख डा. रेमकुमार राईलाई उक्त सामग्री हस्तान्तरण गरेको ट्रष्टका महासचिव जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

पिपिई खरिदका लागि हाल क्यालिफोर्निया निवासी धनञ्जयनरसिह केसी र मदानपुर निवासी कृष्ण पाण्डेले सहयोग गरेको पनि ट्रष्टले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here