राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ

काठमाडौं, २७ चैत । राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्।

वाणिज्य बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै दोहोर्‍याउने निर्णय गरेको हो। याे सँगै राष्ट्रिय वाणिज्य बैंकमा उनकाे सीईओकाे रूपमा दाेस्राे कार्यकाल भएकाे छ ।

श्रेष्ठले सीईओ भएर ४ वर्षको कार्यकाल सकाएका थिए। उनलाई पुनः ४ वर्षका लागि नियुक्ती दिइएको वाणिज्य बैंकले जनाएको छ।

श्रेष्ठ पहिलो कार्यकाल राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकले उनकाे कार्यकालमा उल्लेख्य प्रगति गरेकाे भन्दै पुनः उनलाई नै दाेहाेर्याउने निर्णय गरेकाे हाे।

श्रेष्ठसँग नेपाल बैंकमा ३० वर्ष काम गरेको अनुभव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here