भारतबाट भित्रने तरकारी र फलफूलमा रोक, स्थानीयलाई प्राथामिकता

दोधोरा, २८ चैत । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतबाट भित्रने तरकारी तथा फलफूल रोक लगाएको छ ।

लकडाउनको कारण स्थानियको तरकारी खेर गएको र तरकारीसँगै मानिस भित्रिदा कोरोनाको संक्रमण बढ्ने सम्भावना रहेकाले तरकारी र फलफूल आयतमा रोक लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कञ्चनपुरबासीको तरकारी खेर गइरहेकोले स्थानिय तरकारी बजारमा बिक्री वितरणमा सहजीकरणको लागि शुक्रबार राती १२ बजेदेखि लागूहुने गरि आयतबन्द हुनेछ ।

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका संक्रमित र संक्रमणबाट मर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

बिहीबार मात्र भारतमा कोरोना भाइरस संक्रमणका कारण ४८ जनाको मृत्यु भयो भने ८ सय ९ जना नयाँ संक्रमित थपिएका थिए। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ७ सय २५ पुगेको छ।

अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । यो सँगै भारतमा हालसम्म २ सय २७ को मृत्युको कारण कोरोना भाइरस संक्रमण बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here