कोरोना नियन्त्रणका लागि सक्रिय बन्दै माहाकाली नगरपालिका

दोधारा, २८ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भारस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा यति बेला माहाकाली नगरपालिका निकै सक्रियता देखाएका छन् ।

जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले सञ्चालन गर्ने स्थानिय सरकारमा जनताको मन जित्नु मुख्य रहेको बुझेका जनप्रतिनिधीहरुले कोरोना भाईरसको संक्रमणबाट आफ्नो वडा क्षेत्रका जनताहरुलाई बचाउनु चुनौती र अवसर दुबै देखिएकोे छ् ।

माहाकाली नगरपालिका यतिबेला भाईरसको संक्रमणबाट बचाउन नगरपालिकामा बाहिरबाट आएकाहरुलाई जनसुरक्षाको लागि क्वारेण्टाईनमा राख्न र सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन दिन रात उच्च सर्तकताका साथ लागि परेका छन् ।

साथै, विपन्न परिवारहरुको खाद्य संकटलाई समाधान गर्न चामल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्रीहरु वितरणका लागी चाँजो- पाँजो मिलाउन थालेका छन् । माहाकाली नगरपालिकाले खाद्यान्नको अभावलाई मध्यनजर राख्दै माहाकाली नगरपालिकाका झण्डै ३ सय परिवारलाई खाद्यान्न बितरण गर्ने तयारीमा जुटेको छ् ।

माहाकाली नगरपालिकामा रहेको दशै वडाहरुबाट बिपन्न तथा असहायहरुको लगत संकलन कार्य समेत अघि बढाईएको छ् । कतिपय वडा अध्यक्षहरले आफ्नो वडामा रहेका बिपन्न तथा असहायहरुको लगत संकलन गरि पठाईसकेका छन भने कतिपय वडा अध्यक्ष्ँहरुले संकलन कार्य अघि बढाउदै आएका छन् ।

माहाकाली नगरपालिका कार्यालयले सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी गरेको लकडाउनको बेलामा ज्याला मजुरी गर्ने तथा बिपन्न बर्गका जनतालाई मध्यनजर राख्दै उनिहरुलाई घरमै खाद्यान्न बितरण गर्ने कार्यक्रम अघिब बढाएको छ् । माहाकाली नगरपालिका कार्यालयले घरदैलोमा साबुन, मास्क, सेनिटाइजर लगाएत स्वास्थ्य सामग्री बितरण कार्यलाई समेत संग संगै अघि बढाएको छ् ।

कोरोना भाइरसको कसरी जोगिने भन्ने बिषयमा समेत जनचेतनामुलक कार्यक्रम, माईकिङ गर्ने कार्य पनि गरेको छ् । माहाकाली नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री खरिद तथा स्वास्थ्यकर्मीहरुलाई सहयोग समेथ गर्दै आएको छ् ।

माहाकाली नगरपालिका भारत संग जोडिएको नगरपालिका रहेको हुदा लकडाउन देखि माहाकाली नगरपालिका हुदै नेपाल भित्रिने नेपालीहरुको चाप तथा उनिहरुलाई खानपान, बस्न तथा स्वास्थ्य सेवा समेत प्रदान गर्दै आएको छ् । माहाकाली नगरपालिका हुदै भारतबाट आएका नेपालीहरुलाई उनिहरुको गन्तब्य सम्म पुगाउन तथा उनिहरुको स्वास्थ्य अवस्था बारे जा“च माहाकाली नगरपालिकाले गर्दै आएको छ् ।

भारतबाट आएका माहाकाली नगरपालिका हुदै नेपाल भित्रिने झण्डै ३ हजार नेपालीहरुलाई रेखदेख तथा खानपान र बस्नको ब्यवस्था गरि गन्तब्य सम्म पुगाउन सहयोग गरेको छ् । माहाकाली नगरपालिकाले कोरोना भाइरस संग लड्नका लागी बिपद् ब्यवस्थापन समिति गठन गरि कोषको स्थापना समेत गरेको छ् । उक्त कोषले माहाकाली नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण संगै बिपन्न बर्गमा रहेका नगरबासीलाई सहयोग गर्ने छ् ।

यतिबेला माहाकाली नगरपालिका सरकारहरुले कोरोना भाईरसको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको स्थानियहरुले बताएका छन् । त्यसमा पनि कमजोर आर्थिकरुपमा कमजोर मानिने माहाकाली नगरपालिका यति बेला बलिया र सक्षम मानिने नगरपालिका र उपमहानगरपालिका भन्दा कम छैनन् । माहाकाली नगरपालिकाले कोरोना भाईरस संक्रमण नियन्त्रणमा आफ्नै तरिकाबाट महत्वपूर्ण भूमिका खेलेको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले वडाहरुमा क्वारेन्टाईन स्थापना कार्य अघि बढिसकेको बताउदै माहाकाली नगरपालिका वडा नं. ४ स्थित मालिका आधारभुत बिद्यालय, भानु बहुमुखी क्याम्पस र जनज्याती माध्यमिक बिद्यालयमा क्वारेन्टाई स्थापना गरि शंकापष्द तथा भारत तथा अन्य देशबाट आएका नेपालीहरुलाई राख्ने कार्य भईरहेको बताएका छन् ।

माहाकाली नगरपालिकाको क्वारेन्टाईनमा १४ जना भारतबाट आएकाहरुलाई राखिएको उनले बताएका छन् । १४ जनाको ¥यापिड टेष्ट समेत गरिएको छ् । सबैको नेगेटिभ परिणाम आएको छ् । संक्रमणकालिन अवस्थालाई मध्यनजर गर्दै माहाकाली नगरपालिकाले समस्याहरु समाधान गर्न जनप्रतिनिधी, स्वास्थ्यकर्मी, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी दिनरात लागि परेको छ् ।

यतिबेला सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी र प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गगन चोधरीले उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै स्थानियहरुको प्रशंसाको पात्र बनेका छन् ।

भारत संग जोडिएको झण्डै ३५ किलोमिटरको क्षेत्रमा माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्र छ् । सशस्त्र प्रहरीले नेपाल–भारत खुला सिमा क्षेत्रमा दिन रात पहेरीदारी गर्दै आएको छ् ।

सशस्त्रले झण्डै ५ सय मिटरको दुरीमा सिमा क्षेत्रमा आफ्नो जवान तैनाथ गरेको छ् । सिमा क्षेत्रमा आवागमन अहिले आएर ठप्प पारिएको छ् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोली मावाईल गस्तीमा दिन रात माहाकालीका सबै भागमा लकडाउन पालना गर्न आग्रह गर्दै नमानेकाहरुलाई कार्वाही गर्ने कार्य अघि बढाउदै आएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here