एकैदिन भारतमा ८९६ कोरोना संक्रमित थपिए, ३७ जनाको मृत्यु

काठमाडौं, २८ चैत । भारतमा कोरोना संक्रमित बढ्दो क्रममा रहेको छ । शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ७६१ पुगेका छन् । पछिल्लो २४ घण्टामा ८९६ कोरोना संक्रमित थपिएका छन् । भारतमा आज हालसम्मकै सबभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् भने २४ घण्टाको अवधिमा ३७ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ३९ सक्रिय कोरोना संक्रमित छन् भने ५१६ जनालाई उपचार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

भारतमा मृत्यु हुनेको संख्या भने २०६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here