कोरोनाबाट मृत्यु हुनको संख्या एक लाख नाघ्यो, १७ लाख संक्रमित

काठमाडौं, २९ चैत । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या एक लाख नाघेको छ ।

शनिबार बिहान सम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर मृत्यु भएकाको संख्या अहिलेसम्म १ लाख २ हजार ६ सय ८७ पुगेको हो। यसैगरी यसबाट संक्रमितको संख्या १६ लाख ९७ हजार ५ सय ३३ पुगेको छ।

यसैगरी ३ लाख ७६ हजार १ सय ९ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

कोरोनाको चपेटामा सबैभन्दा बढी अमेरिका, इटली र स्पेन परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here