डिआइजी बढुवामा १० जना सिफारिस, को-को परे ?

काठमाडौं, २९ चैत । प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस भएको छ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो।

यसअघि सरकारले नेपाल प्रहरीको जनपदतर्फ डीआईजीको दरबन्दीमा भारी कटौती गर्ने तयारी गरेका कारण लामो समय एसएसपीहरुको बढुवा रोकिएको थियो।

एसएसपी धनश्याम अर्याल बढुवा सिफारिसमा पहिलो नम्बरमा परेका छन्। सिफारिसमा पर्नेमा ईश्वरबाबु कार्की, सहकुल थापा, धिरजप्रताप सिंह, घनश्याम अर्याल, बसन्त लामा, बसन्त पन्त, अरुण बिसी, रवीन्द्र धानुक, प्रकाशजंग कार्की र उत्तम सुवेदी रहेका छन् ।

मन्त्रिपरिषद्को बैठकले केही दिनअघि जनपदतर्फ २६ डीआईजी रहेकामा दरबन्दी घटाएर १४ मा झार्ने निर्णय गरेको थियो। चार जना डीआईजी यसअघि नै रहेकाले रिक्त रहेका बाँकी १० डीआईजीको पदपुर्तीका लागि सिफारिस गरिएको हो।

बढुवा समितीले सिफारिस गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच शुक्रबार साँझ छलफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here