सीमाक्षेत्र सशस्त्रको उच्च निगरानीमा, दुई स्थानमा अस्थायी पोष्ट

दोधारा, २९ चैत । कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिए पछि सीमा क्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट दोधारा चाँदनीले उच्च निगरानीमा राख्दै आएको छ् ।

कोरोना भाइरसको अवस्था तथा भारत तथा अन्य देशबाट आउँदै गरेको नेपालीहरुलाईलाई सहजताका लागी सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको २ स्थानमा अस्थायी प्रहरी पोष्ट थपेको छ् ।

सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको वडा नं. १ स्थित रहेको गौरी शंकर मध्यवर्ती सामुदायिक बन र वडा नं. ८ स्थित जनज्याती माध्यमिक बिद्यालयमा अस्थायी पोष्ट स्थापना गरेको छ ।

प्रत्येक अस्थायी सशस्त्र प्रहरी पोष्टमा करिब १५ जनाको कमाण्डमा सुरक्षाकर्मी रहेका छन् । उक्त अस्थायी प्रहरी पोष्ट सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीको मातहतमा रहने बताईएको छ् ।

भारत संग सीमा जोडिएको माहाकाली नगरपालिकामा पर्ने ३५ किलोमिटर क्षेत्रका खुला सिमा क्षेत्रलाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जनाएका छन् ।

माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा झण्डै ५ सय मिटरको दुरी तथा आवागमन गर्ने खुला सिमा बाटोहरुमा आफ्नो जवानहरु तैनाथ गरेको छ् । सशस्त्र प्रहरीको मोबाइल भ्यानले २४ सै घण्टा गस्ती गर्दै आएका छन् ।

अन्य क्षेत्र भन्दा माहाकाली नगरपालिकाको सीमा क्षेत्रको अवस्था हाल अति संवेदशिल हुदै आएको छ् । ‘नेपालबाट खुला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपालतिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ्’ मााहकाली नगरपालिकाका नगर प्रशक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले बताएका छन् ।

माहाकाली नगरपालिकामा यतिबेला सशस्त्र प्रहरीले निकै राम्रो भुमिका निर्वाह गर्दै आएको मााहकाली नगरपालिकाका नगर प्रशक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीको भनाई रहेको छ् । सशस्त्र प्रहरीले माहाकाली नगरपालिका संग जोडिएको खुला सिमा क्षेत्र पूर्णरुपमा बन्द गरेको सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

सशस्त्रले जिल्लामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमा क्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा परिचालन गरेको स्थानियहरुको भनाई रहेको छ् ।

सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको सीमा क्षेत्र, संगै बजार, आन्तरिक सुरक्षा र अस्पताल तथा बैंकहरुको सुरक्षा समेत गर्दै आएको छ् । सशस्त्र प्रहरीले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य गरिरहेको छ् ।

माहाकालीको खुला सिमामा पर्ने खोला नाला, बगर, बन जंगल र वस्तीमा समेत गस्ती भईरहेको सशस्त्र प्रहरीले जनाएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here