काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुक मुक्त नहुँदासम्म तलब नलिने घोषणा गरेका छन्।
नयाँवर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नहुँदा सम्म तलब नलिने घोषणा गरेका हुन् ।
कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक , प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेका हुन्।
मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,’ उनले सन्देशमा भनेका छन्।
























