बागलुङकी अंशुको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

काठमाडौं, २ बैशाख । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ।

कोरोना संक्रमण देखिएपछि उपचारमा रहेकी अंशुको गण्डकीको प्रयोगशाला र काठमाडौंबाट पनि पोजेटिभ देखिएको हो।

अंशु चैत १५ गतेदेखि बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत छिन। आइसोलेसन वार्डमा उपचाररत उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here