सनसिटी अपार्टमेन्टमा कोरोना देखिएका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला

काठमाडौं, २ बैशाख । कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण पुष्टि भएका दुई जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला रहेका छन् ।

चैत ५ गते बेलायतबाट फर्केका उनीहरु ब्लक ए को १६ औं तल्लामा रहँदै आएका थिए।

सोमवार एकै फ्ल्याटमा बस्ने तीन जनामा गरिएको र्‍यापिड टेस्टमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै पाटन अस्पताल भर्ना गरिएको थियो। एक जनाको भने रिपोर्ट आउन बाँकी नै छ।

तीनै जनाको स्वाब संकलन गरी थप परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। प्रयोगशालाको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here