कोरोनाबाट १ लाख २६ हजारको मृत्यु, संक्रमितको संख्या २० लाख नजिक

काठमाडौं, ३ बैशाख । विश्वभर कोरोनाबाट १ लाख २६ हजार बढीको मृत्यु भएको छ।

तथ्याङ्क अनुसार मंगलबारसम्म मृत्यु हुनेको संख्या १ लाख २६ हजार ५ सय ९७ पुगेको छ। १९ लाख ९७ हजार ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

कूल संक्रमितमध्ये हालसम्म ४ लाख ७८ हजार ५ सय ३ जना उपचारपछि निको भइ घर फर्केका छन्। हालः विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर १३ लाख ९२ हजार ५ सय ६६ जनाले कोरोनाको उपचार गरिरहेका छन्।

उपचाररतमध्ये ५१ हजार ५ सय ९२ जनाको अवस्था गम्भीर रहेको छ भने १३ लाख ४० हजार ९ सय ७४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here