सवारी पासमा कडाइ, मृत्यु संस्कारमा जानेबाहेक अरूलाई बन्द

काठमाडौं, ३ बैशाख । सरकारले कोरोना संक्रमण बढ्दै गएपछि सवारी पासमा कडाइ गरेको छ ।

लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक सूचना जारी गर्दै कडाइ गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालद्धारा जारी सूचनामा परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने व्यहोरा उल्लेख छ।

सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको जनाइएको छ ।

यसअघि सरकारले अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने निर्णय गरिसकेकाे छ। गृह मन्त्रालयले आवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो।

मंगलबारदेखि सुरु भएकाेयो सेवा www.epass.moha.gov.np मा उल्लेख भएका विवरणहरु भरेर लिन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here