लकडाउनका बेला उपत्यकामा मापसे गरेर सवारी चलाउने २१ जना कारबाहीमा

काठमाडौं, ३ बैशाख । लकडाउनको अवधिमा काठमाडौं उपत्यकामा मापसे गरेर सवारीसाधन चलाउने २१ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरी महाशाखाको अनुसार लकडाउनको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने उपत्यकाका विभिन्न ठाउँबाट २१ चालकलाई कारबाही गरिएको हो ।

पास नलिएकाले मापसे गरेर समेत सवारी चलाएको भेटिएको महाशाखाले जनाएको छ । अधिकांस दिउँसोको समयमा भेटिएका छन् ।