सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएकी महिलाको दोस्रो रिपोर्ट पनि नेगेटिभ

काठमाडौं, ३ चैत । सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएकी महिलाको दोस्रो परीक्षण नतिजा पनि नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमित परिवारका अर्का एक सदस्यको भने कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको हो ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्दा महिलाको नतिजा नेगेटिभ आएको जानकारी दिए।

र्‍यापिड टेस्ट गर्दा परिवारका तीनै जना सदस्यमा पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

मंगलबार तीनमध्ये दुईजनाको कोरोना पोजेटिभ देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here