मौसममा बद्ली: मेघ गर्जन सहित वर्षा, चट्याङ/हावाहुरीको सम्भावना

काठमाडौं, ४ बैशाख । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानको मौसममा बद्ली भएको छ । बिहिबार बिहानैदेखि मौसम बदलीको कारण हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाको अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा मेघगर्जन सुरु भइसेको छ।

विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ४ गते (बिहीबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका

देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here