एकै दिन थपिए ८४ हजार नयाँ संक्रमित, भारतमा संक्रमित१२ हजार नाघ्यो

काठमाडौं, ४ बैशाख । विश्व महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरस संक्रमितको संख्या बुधबार एकै दिनमा ८४ हजार ५१५ नयाँ थपिएका छन् ।

पछिल्लो चारदिनमा नयाँ स‌ंक्रमितको संख्या घट्दो क्रममा देखिएपछि बुधबार भने बढेको छ ।

अमेरिकामा पनि घट्दो क्रममा रहेको संक्रमितको संख्या फेरि बढेको छ । अमेरिकामा हिजो एकै दिनमा ३० हजार २०६ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो समय इटलीले भने नयाँ संक्रमित थपिने क्रमलाई रोकेको छ । हिजो त्यहाँ जम्मा दुई हजार ६६७ जना मात्र नयाँ संक्रमित थपिएका छन् । भारतमा संक्रमितको संख्या १२ हजार नाघेको छ भने मृत्यु हुनेको सख्या ४ सय २२ पुगेको छ।

बुधबारसम्म भारतमा १२ हजार ३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। बुधबारमात्र भारतमा ८ सय ८३ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने २९ जनाको मृत्यु भएको थियो।

भारतमा लगातार दुई दिन दैनिक एक हजारभन्दा बढी कोरोनाका नयाँ बिरामी देखिएका थिए, तर बुधबार यो संख्या केही घटेको छ।