डाक्टर कुट्ने डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं, ४ बैशाख । त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्नेलाई जिम्मेवारीबाट हटाइएको छ।

महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई वृतको प्रमुखबाट हटाइएको हो ।

ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोप लागेको थियो ।

उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको छ ।

हिजो साँझ ड्युटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कुटपिट गरेको आरोप प्रहरीमाथि छ ।

प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दुस्ख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here