काठमाडौं । आज अमेरिकी डलर अहिलेसम्मकै महँगो कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २२ रुपैयाँ ०१ पैसा छ ।
यसअघि गत बिहीबार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ५० पैसा थियो ।
अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।
केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।
कोरोना भाइरसको संक्रमण बढेसंगै अर्थबजारमा अस्थिरता सिर्जना भएको कारण अमेरिकी डलरको भाउ बढेको विज्ञहरुले बताएका छन् ।
डलरको भाउ अझै बढ्ने अनु्मान गरिएको छ ।