कोरोना : एकैदिन ९५ हजार संक्रमित थपिए, मृतकको संख्या १ लाख ४५ हजार नाघ्यो

काठमाडौं, ५ बैशाख । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघेको छ ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण शुक्रबार विहानसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ४१० पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ५८० जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

विश्वमा २१ लाख ८२ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये हालसम्म ५ लाख ४७ हजार १ सय ५५ जना उपचारपछि निको भइ घर फर्केका छन्। हालः विश्वभर १४ लाख ८९ हजार ३ सय ८७ जना अस्पतालमा तथा घरमै बसेर कोरोना भाइरसको उपचार गरिरहेका छन्।

उपचारत संक्रमितमध्ये ५६ हजार ५ सय ९४ जनाको अवस्था गम्भीर रहेको छ भने १४ लाख ३२ हजार ७ सय ९३ जनाको अवस्था सामान्य रहेको छ।

विश्वमा एकैदिन ९५ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। कोरोना भाइरसको संक्रमण सुरु भएयताको साढे तीन महिनाको अवधिमा बिहीबार एदैदिन सबैभन्दा ठूलो संख्यामा संक्रमितहरु देखिएका हुन्।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बिहीबार विश्वभरि ९५ हजार २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। बिहीबार नै विश्वभर कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here