अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च, १ डलरको १२३ रुपैयाँ २८ पैसा

काठमाडौं, ५ बैशाख । अमेरिकी डलर अहिलेसम्मकै महँगो कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनीमयदर शुक्रबारका लागि एक डलरको खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा तोकेको छ।

२०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न ११९ रुपैयाँसम्म तिर्नुपरेको थियो। त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो। तर, पछिल्लो समय पुनः डलर बलियो हुन पुगेको छ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।

केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

कोरोना भाइरसको संक्रमण बढेसंगै अर्थबजारमा अस्थिरता सिर्जना भएको कारण अमेरिकी डलरको भाउ बढेको विज्ञहरुले बताएका छन् ।

डलरको भाउ अझै बढ्ने अनु्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here